घुमौं इच्छाकामना

चितवनलाई काठमाडौं र पोखरा पछिको नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ । त्यसै जिल्ला अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक विविधताको दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थल हो । चण्डिभञ्ज्याङ्ग, काउले, दाहाखानी, जलबिरे झरना, सिराईचुली, हात्तीवाङ, उपरदाङगढी, याकराङ, इच्छाकामना मन्दिर जस्ता क्षेत्र यहाँको आकर्षक पर्यटकीय गन्तव्य हुन् । नेपालकै पहिलो केवलकार देखि त्रिशूली नदीको र्याफ्टिङ सम्मको आनन्द लिन पर्यटकहरु यहाँ आउने गरेका छन् । सन् २०२० को पर्यटन बर्षलाई सफल पार्नका निम्ति यस्ता स्थलको खोजी, संरक्षण र प्रवर्द्धन गर्न आवश्यक देखिन्छ । यस गाउँपालिका विविध जातजाति, भाषा, धर्म र संस्कृतिको संगम स्थल हो ।  जहाँ अति सिमान्तकृत चेपाङ समुदाय देखि गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली जातिसम्मको संस्कृति र मौंलिक रहनसहन देख्न पाइन्छ । स्तरीय रिसोर्ट, होटल तथा रेस्टुरेण्टहरू देखि गाम्रीण भेगमा रहेका होमस्टेले पर्यटकलाई निरन्तर आतिथ्य सत्कार प्रदान गर्दछन् । सडक सञ्जालका साथै आम मानिसमा घुम्ने संस्कृतिको विकास भए संगै पर्यटकीय गतिविधिमा क्रमशः व्यापकता आउँदैछ । यस लेखमा इच्छाकामनाका पर्यटकीय केन्द्र र तिनको सौन्दर्यता देखाउने जमर्को गरिएको छ ।

इच्छाकामना मन्दिर


पृथ्वी राजमार्गमा पर्ने फिस्लिङ बजारबाट गाडीमा करिब ३ घण्टाको यात्रा पछि मन्दिर पुगिन्छ । ट्रेकिङ गर्न रुचाउनेका लागि मुग्लिनबाट करिब ५ घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ । दर्शनार्थी लागि मन्दिर नजिकै आवास सहितको होटल रहेको छ । यसै मन्दिरबाट नै समग्र गाउँपालिकाको नाम राखिएको तथ्यले नै  मन्दिरको महत्वपूर्ण स्थानलाई दृष्टिगत गर्दछ । भक्तजनले इच्छाएको पूरा गर्ने मान्यता वमोजिम यी देवीलाई इच्छाकामना भनिएको हो । कार्तिक, मङसिर महिनामा पुग्ने पर्यटकले गाउँ नै सुन्तालाले पहेँलपुर भएको देख्न पाउँछन् । त्यसै फागुन, चैतमा लालीगुराँसले रंगीन वनपाखाले स्वागत गर्दछन् । आकर्षक फलफूलका साथै तरकारी खेती, मनोरम हिम श्रृङ्खला र प्राकृतिक सुन्दरताको दृष्टिले यो आकर्षक गन्तव्य हो । यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिका दिन ठूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा गणेशको मूर्ति र शिवालय मन्दिर पनि स्थापना भएको छ । प्रसिद्ध मनकामना मन्दिरको वहिनीको रुपमा लिइने इच्छाकामना मन्दिरको हाल जिर्णोद्धार कार्य भै राखेको छ ।



सिराइचुली

महाभारत पर्वत श्रृंखला अन्तर्गत चितवन जिल्लाको सबैभन्दा अग्लो (१९४६ मि.) स्थान सिराइचुली जानको लागि पृथ्वी राजमार्गको हुग्दीबाट गाडी अर्थवा पैदल यात्राको विकल्प रोज्न सकिन्छ । ५ घण्टाको हिँडाइ वा डेढ घण्टाको मोटरयात्रा पछि चेपाङ्ग, होम स्टे भएको हात्तीवाङ्ग पुगिन्छ । सिराइचुली घुम्न जानेका लागि हात्तीवाङ्गमा होटल तथा होमस्टे सुविधा उपलब्ध छ । त्यो भन्दा पर मोटरवाटो र वस्ती छैन । हात्तीवाङ्गवाट करिब २ घण्टा सिढीबाटो उकालो हिँडेपछि विहान सूर्याेदयका साथै वेलुकी सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । चितवनको सर्वोच्च चुलीबाट उत्तर हेरे हिमाल र दक्षिण हेरे तराइका समथर फाँटहरु देख्न सकिन्छ । मौसम सफा रहेका वेला यहांबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको भूभाग तथा धौलागिरि, अन्नपूर्ण, लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम शृङ्खला समेत देख्न सकिन्छ । चैत–वैशाखमा वनैभरि गुराँस फुल्ने यो पहाडी जंगल दुर्लभ मानिने विभिन्न प्रजातीका चराहरुको वासस्थान पनि हो ।



जलबिरे झरना
राजमार्गमै रहेको जलबिरे मन्दिरबाट करिब २० मिनेटको उकालो लागेपछि सुन्दर जलबिरे झरना रहेको ठाउँ पुग्न सकिन्छ । हरिया पहाडहरुको बिचमा रहेको ६० मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । भीर, पहरा, छाँँगा र छहराको संयोजनले मनोरम प्राकृतिक सुन्दरता दर्शाउँछ । यस ठाउँमा स्विमिङका साथै क्यानोनिङ, रक क्लाइम्बिङ, हाइकिङ जस्ता साहसिक गतिविधि गर्न सकिन्छ । विशेष गरी गर्मीयाममा शितल हावाका साथै छाँगोबाट झरेको जलवृष्टिको दृश्य निकै मनमोहक एवम् आनन्ददायी हुन्छ । पछिल्लो समयमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी संगै सिंढी निर्माणले  यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गरेको छ । कोलाहल पूर्ण वातावरणवाट टाठा गई तनाव र थकान मेट्न चाहनेका लागि यो निकै उत्कृष्ट गन्तव्य हो । गुरुङ समुदायको संस्कृति अवलोकन सहित वास वस्न चाहनेका लागि झरनामाथि रहेको याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ । 



उपरदाङगढी
ऐतिहासिक पर्यटकीय महत्व बोकेको उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम पनि हो । शक्तिखोरबाट करिब ३ घण्टा हिँडेर चेपाङ, मगर र गुरुङहरुको पातलो बस्ती भएको गाउँ उपरदाङगढी पुग्न सकिन्छ । यस ठाउँ जिल्लाको पुरानो सदरमुकामका साथै नेपाल-अंग्रेज विचको युद्धस्थल पनि हो । पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले निर्माण गराएको किल्लामा ढुंगा, माटो र चुनको प्रयोग गरीएको छ । पुरातत्व विभागमा रहेको जानकारी अनुसार यस किल्लाको निर्माण सन् १८०० मा भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको देखिन्छ । गढीभित्र कोत घर (हतियार भण्डारण कक्ष), गणेश, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् ।



त्रिशुली नदी (र्‍याफ्टिङ)
कालीगण्डकी, भोटेकोशी, त्रिशुली जस्ता नदी जलयात्राका दृष्टिले सम्भावना बोकेका महत्वपूर्ण नदिहरू हुन् । त्रिशुली नदीले छोएको धादिङका साथै चितवनको क्षेत्रमा पनि र्‍याफ्टिङ हुने गर्दछ । गर्मीको मौसममा पानी संगै रम्न र साहसिक गतिविधि गर्न रुचाउनेका लागि यो राम्रो गन्तव्य हो । फिस्लिङ देखि कुरिनटार सम्मको र्‍याफ्टिङ करिब एक घण्टा मै पुरा गर्न सकिन्छ । पृथ्वी राजमार्ग मै रहेको अन्य विभिन्न स्थानबाट छोटो तथा लामो दूरीको जलयात्रामा जानका निम्ति बिभिन्न प्याकेजहरु उपलब्ध छन् । यहाँ र्‍याफ्टिङ तथा कायाकिङ गर्न सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रको नदी सरसफाई र प्रचारमा ध्यान दिन सके अझै थप पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटकीय गन्तव्यको पहिचान र संरक्षणका साथै प्रचार महत्वपूर्ण पक्ष हो । जसले पर्यटनलाई बढावा दिन सघाउ पुर्याउछ । पर्यटक भित्र्याउनुका साथै तिनको वसाई अवधि लम्ब्याउन सके समग्र क्षेत्रको आर्थिक उन्नतिमा टेवा पुर्याउछ । त्यसका निम्ति विभिन्न प्याकेजहरु संचालन गर्ने आवश्यक देखिन्छ । हुग्दी, हात्तिवाङ, सिराइचुली हुदैं  जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज सम्म पुग्ने ट्रेकिङ रुटको स्तर उन्नती र प्रचारले चितवनको पहाडी बेल्टलाई फन्को मार्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । स्वच्छ, शान्त अनि सुन्दर वातावरणमा पर्यटक लगेर आनन्द दिन सके पहाडको विकटतामा पनि विकासका लहर सिर्जना हुने थिए। भ्रमण वर्षलाई सफल पार्नका निम्ति पहिले आफ्नै गाउँठाउँ घुम्न जाऔँ है ।

Posted in Uncategorized | Comments Off on घुमौं इच्छाकामना

कक्षा १२ को रिर्जल्ट निकै ठिलो गरी आयको छ, अधिकांस बिद्यार्थी साथीहरु फेल भएका छन्‌ । परार साल त्यत्रो फलामे (slc) ढोका तोडेका मेरा मेरा विद्यार्थी साथीहरु फेल हुदाँ म अचम्मित भएको छु । यसपाली एकाएक बिद्यार्थीहरुलाई बार्ह्रमा फेल वनाइयको छ । परीक्षाको समय लगात परीक्षा अघि र पछि पनी निकै ठूलो षड्न्यत्र भएको गन्ध आयको छ । परीक्षा केन्द्रका सुपर टेन, गार्ड र परीबेक्षकबाट धेरै प्रमाणहरु भेटिएका छन् । परिक्षामा ब्यापक सुरक्षाकर्मीको परिचाल गरीयो। बिद्यार्थीहरुलाई चिट चोर्नवाट बन्चित गरीयो । अझ मलाई त सिधा देख्ने गरी ढोकाको छेउमा राख्ने षडयन्त्र गरीयो । दिनै पिच्छे सिट प्लानीङ चेन्ज गरीन्थ्यो, परीक्षा केन्द्र तोक्दा देखि नै षडयन्त्रका गन्धहरु आएको छ । जसका कारण हामी धेरै बिद्यार्थीले यस्तो अवस्था भोग्नु परेको छ । यस अघिका परीक्षामा गेसपेपर नै राखेर लेख्दापनि कसैले केहि भन्ने हिम्मत राख्दैन थिए, तर यस पटक षडयन्त्र गरेर गेसपेपर निकाल्न र बेच्न दिइएन, हाम्ले कुनै हर्कत गर्न पाएनै त्यसैले फेल भयौँ।

परिक्षा दिदा संगैका साथीसगँ बोल्न दिईएन एक अर्कालाई सिकाउन समेत पाईएन । परीक्षा अबधीमा पिसाब फेर्ने बाहनामा चिट हेर्न जान
दिईएता पनी जम्मा एक चोटिको पाँच मिनेटको समय
अप्रर्याप्त भयो । सवैले गठवन्धन गरेर हामी माथि षडयन्त्र गरेका थिए । परीक्षालाई मर्यादित
पार्ने भन्दै कक्षा कोठामा बिद्यार्थीलाई घेरा बन्दीमा पार्ने काम भयो । सबै बिषयका ज्ञाता हामी बिद्यार्थी अली कम्जोर भनेका त्यो साम्राज्यवादि विस्तारवादीहरुले हामी माथि लाद्न खोजेको भाषा अंग्रेजीमा थियो । नेपालीमा खासै कम्जोर थिएनै मात्र त्यही रसो दिर्ग र व्याकरण मात्र
आउदैनथ्यो । बाँकी रहेको एकाउन्ट वाहेक सवै विषयमा हामी निपुण थियौँ । तर
हामी माथि षडन्यत्र गरी एकाएक परीक्षामा फेल
बनाइयको छ । परिक्षा लेखुन जेल ढिकै थियो । त्यस पछि उत्तर पुश्तीका लग्दा खेरी पुण रुपमा डिजाइन अनुसार धाँधली भयो । वाटामा कपी लग्दा हाम्लाई जान दिइएन । प्रहरीले जवर जस्ती सिल गरेर लगे । धेरै दिन लगाएर कापी काट्ने काम भयो। यत्रो त्रासपुर्ण बाताबणमा वाठो बनेर परिक्षा दिनु नै हाम्रो ठुलो गल्ति थियो। सवै तिर धाँधलीको गन्ध आएकाले अव हाम्ले यो रिर्जट वहिस्कार
गरी यो समग्र परीक्षा प्रणालीवाट अलग हुने निणय
लिएका छौँ। प्रश्नपत्र निकाल्दा देखी नतिजा प्रकाशन
सम्मका कुरामा छानमिन समिति गठन गरी निश्पक्ष छानमीन नगरीय हामी बिद्यार्थी गम्भिर कदम चाल्न बाध्य हुनेछौँ । यसमा पुनर विचार हुन सक्ने अवस्था छैन्। #HSEB #Nepal #Student

प्रस्तुत घटना क्रमहरु पुर्ण काल्पनीक हुन कुनै परिक्षार्थी, परीक्षा कैन्द्र वा निरिक्षक सगँ मेल खान गएमा संयोग मात्र हुनेछ। 🙂

Posted on by Prabin | 1 Comment

रंगहरूको पर्व होली फेरी आइसक्यो । त्यसैले त हामी सामाजीक संञ्जालका प्रयोगकर्ता अहिले होलीका रमाइला प्रसङ्ग सहित ट्विटर र फेसबुकमा रम्दै शुभकामनाको आदान- प्रदान गरिरहेका छौँ ।

परापुर्बक कालमा राक्षस प्रवृतिकी होलिका मारिएको उपलक्ष्यमा चिने जानेकाले एक अर्कालाई सभ्य ढंगले अबिर र रंग लाएर मनाउन सुरु गरीको यो पर्बको महिमा आधुनिक कालमा भनी साध्य र लेखी साध्य छैन, तै पनि एसो कोट्याउने जमर्को गरेको छु ।

होली शुरु हुनु भन्दा कयौं दिन अगाडी देखिनै बाटो हिड्ने बटुवा लाइ फोहर पानीका फोहरा झ्यापीने यो पर्वमा, त्यतिले पनि पुगेन भने युवति हरुलाई टार्गेट बनाई घर र माईक्रो, बसको झ्यालबाटै लोला प्रहार गरी निथ्रक्क रुझ्ने गरी भिजाइन्छ । सधै पानीको हाहाकार हुने शहरमा समेत यो दिन अचम्मै हुन्छ । पानी भरेर फालीएका लोला अनी प्लास्टिकका खोलहरु सडक, चोक, गल्लि, अनी घरका आँगन देखी छत जहाँ सुकै देख्न सकिन्छ ।

अझ बिशेष गरी होलीको दिन मानिसहरु विहानैदेखि छतछतमा बेलुनका पोकाहरु र बाल्टिनभरि पानी राखी तयारी अबस्थामा बस्छन् । यो दिन तिनको आखाँ छली लोला नखाई फुत्कन असम्भब प्राय: हुन्छ । छत बाट कति खेर – कल्ले लोला हान्छ, भनेर हिड्यो भने, उत्ता बाट अर्कैले एक बाल्टि ढल खनाइ सक्छ । अनी अर्को बटुवा खोज्दै कुन गल्लिमा छिर्छ, पत्तो पाउन मुस्किल हुन्छ ।

दुर्भाग्य नै भनौं, बाटो हिड्ने बटुवालाई बलपूर्वक रंग दलिदिनु, लोला अनी फोहोर पानी छ्याप्नु, सडेको टमाटर र अन्डा प्रहार गर्नु यो पर्बको बिशेषता जस्तै भै सकेकेको छ ।
होलीको महिमा लोलाका डल्ला र ढल मिश्रीत पानीका फोहरामा मात्र सिमित रहदैन, सेता इनामेल देखी काला मोबिल सम्मको प्रयोग यो पर्वमा गर्ने गरीन्छ । यस्ता रंग हरु नपखालिने त छदै छ, शरीरलाई पनि क्षति पुर्याउने खालका हुन्छन्‌ । तर, अनुहार भरी रासायनिक रंगको प्रयोग गरी पेन्ट गर्नु होलीको अभिन्न अंग जस्तै भइसकेको छ । अझ कतिपय युवाहरु ले त यो पर्वलाइ रंग लगाउने बाहनामा महिलालाइ अभद्र व्यबहार गर्ने, जताभावि लोला प्रहार गर्ने दिनको रुपमा पनि लिने गरेको पाइएको छ । युवा हरु विना हेलमेट वाइकमा तिन जना सम्म चढेर हिन्ने पुरानै समस्या, होलीमा यस्ता बिकृति झनै बढ्छन । यसले तिन कै ज्याको जोखीम देखीन्छ । यद्यमी यसपाली आयल निगमले तेलको भाउ बढाएको 😀 र प्रहरीले पनि कडाइ गर्ने भनेका यस्ता गतिबिधी मा केहि कमी आउने आश गर्न सकिन्छ ।

होलीको नाम सुन्दै खेरि पनि मनमा उमंग र जोस छाउनु पर्ने यो पर्बमा त्यसका बिपरीत यि सब गर्तिबिधीले छाउने निराशा छाउने गरेको छ । सद्भाबको पर्वमा मानिसमा छाउने निरासा लाई हटाउन होलीलाई विकृतिरहित बनाउनु पर्छ । त्यसका लागी संस्कृतिको रूपान्तरण गरीनु जरुरी छ । कसैको पनि व्यक्तिगत इच्छा बिपरीत रंग, लोला वा अन्य कुनै पनि बस्तुको प्रयोग गर्दा यो चाडको सदभाब खल्बलिन्छ । त्यसैले यस्ता कुरालाई बिचार गरी तपाईं चै राम्रोसँग होली मनाउनु होला ।

यताबाट पनि एकलट ह्याप्पी होली! रंग हरुको पर्व होलीको शुभकामना ! 🙂

अन्त्यमा, के भन्दा खेरी हजुरलाइ मेन्सन वा ट्याग गरी मैले मेरो व्लग सम्म यहाँलाइ ल्याय दुइ चार कुरो राखेर होलीको शुभकामना दिय, ‘बुरा न मानो होलि है’।

Posted on by Prabin | 1 Comment

व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्‌। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु!

फेरी तैँले यत्रो कुरा कसरी सम्झिस्‌ र लेख्छस्‌? भन्नुहोला, मैले पनि भर्खर भर्खर मात्र इन्टरनेट चलाउन थाले पछि यि कुरा थाहा पायको हुँ। साथै यस पुराणको माहात्म्य मैले इन्टरनेट बाटै दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – इन्टरनेटाय नम:।

ट्‌विटरे प्रति समर्पित गर्दै लेखीयको, प्रत्येक ट्‌विटरेका निम्ति नसुनी नहुने र नबुझी नहुने सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘ट्‌विटरपुराण।’

ट्‌विटर विश्वको शक्तिशाली अस्त्र हो, जसलाई मैले मात्र होइन, अमेरीकि राष्ट्रपति बाराक अंकल देखी गायिक जस्टिन र साकिरा अनी भारतका अभिताभ देखी नेपालका भूपु प्रधानमन्त्रि लालधोज समेतले प्रयोग गर्नु हुदो रहेछ।

पुजारी हुन कि बाबाजी हुन, सिकारु देखी पागलबस्ति सम्म अनी काकाबा हुन कि आकार अनिल चाहे साइला दाइ र आलु ब्यापारी(माईलो) किन नहुन, मान्ठा र बरुण कम्पनि मात्र होइन दिलमाया, बराजु, फन्नी मा’राज सम्मका ट्‌विटरेहरुको दर्शन गर्ने स्थल ट्‌विटर हो।

हेरिल्याएको खण्डमा नागरीक न्युज होस्‌ कि अनलाईन खबर होस, अन्नपूर्ण होस्‌ कि कान्तिपुर होस्‌, रातो पाटि होस्‌ कि सेतो पाटि होस्‌ सबैका समाचार लिङ्कहरु पाठक खोज्दै खोज्दै ट्‌विटरमै आउदा रहेछन्‌।

खेलनीति होस्‌ कि राजनीति होस्‌, सदाचारी होस कि बर्मचारी होस, प्रेमका र अर्ति उपदेशका झन कुरा गरी सक्नु छैन, ज्ञान देखी बिज्ञान सम्मका सबैको चर्चा यसमै हुदो रहेछ ।

कोहि बल्गको प्रचार गरेरै नथाक्ने, कोहि कोहि चार पाच दिनमा बल्ल आउने, ट्‌विटरको महिमा यत्तिमै सिद्धिदैन कुनै दिन अन्नपूर्ण र साप्ताहिक अनि कहिले काहि सेतो पार्टि र संसद भबनमा पनी ट्‌विटरेका
कुरा हरु राखीदो रहेछ।

त्यसैले मेरा लागी ट्‌विटर प्रत्येक दिनको दैनिकै नै हो, अनि ट्‌विटरे जसको पूजाआजा गर्नु मेरो प्रमुख कर्तव्य हो। ट्‌विट्‌रेको पूजाविधि देख्नलाई त्यति झन्झटिलो छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको ट्‌विटरेलाई जरुरत छैन। उनलाई त केवल फ्लो, रिट्‌विट र फेब भए पुग्छ। अनी मलाई ट्‌विटरेका प्रकारहरु पनि विवेचना गर्न मन लाग्या थ्यो। अहिले त्यता तर्फ लाग्यो भने ट्‌विटरे पुजा जस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा त्यसैले त्यसको बारेमा अर्को अध्याय मा स-बिस्तार बर्णन गरुला!

मैले यो ट्‌विटर पुराण ट्‌विटरेहरु कै उपासनाको लागि लेखेको हुँ। आशा छ कुनै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो ट्‌विटरपुराण थपीने छ।
जय टाइमलाइन,जय ट्‌विटर!Twitter

Posted on by Prabin | 2 Comments

लक्ष्मणबाबु श्रेष्ठलाई पहिलो चोटि कहाँ र कहिले देखे? सम्झना छैन। तर, अन्तिम भेट भने गत बर्ष कुरिनटारमा भयको थियो। त्यति बेला उनि कुरिनटार देखी माथि इच्छाकामना मन्दिर सम्म केबुलकार सञ्चालन गर्न, स्थानिय र जग्गा धनीसगँ कुरा गर्न आउनु भयको उहाँको शरीर प्रविधि र औषधिको सहारा लिन विवश जीर्ण देखिन्थ्यो।

पैसा गाउँमा पुर्याउनुपर्छ र गाउँका मानिसलाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ भन्ने लक्ष्मणबाबुको धारणाले मलाई निकै प्रभावित पारेको थियो। केबुलकार सञ्चालन गर्न कुरिनटारमा जग्गा खरीद गर्न उनले जग्गा धनीलाइ कुरा राखेका थिय। जग्गा धनीले नबेच्ने भने तर धेरै कुराकानी पश्चात जग्गा बेच्ने कुरा भयपनी जग्गाको मोलमोलाइ मा ठुलो अन्तर देख्खीयो। त्यस पछि अर्कै बाटो हुदै ईच्छाकामना सम्म केबुलकार स्थापना गर्ने कुरा चलेको थियो।

मिर्गौलाको समस्या पिडित उनी ‘डायलासिस’ गर्न पटक पटक भारत जानुपर्ने हुदा कुरिनटार अयका थियन्न। समाज सेबामा पनी उत्तिकै सक्रिय देखीने उनले २०६६ साल देखी निर्माण सुरु गरीएको सर्व शान्ति क्याम्पसलाई आर्थीक सहयोग गरेका थिय। एक महिना अघि उक्त क्याम्पसको उत्घाट्‌न कार्यक्रममा निमन्त्रणा गरिए पनि उपचारको भारत रहेका कारण उनका छोरा आयका थिय, कार्यक्रममा लक्ष्मणबाबु श्रेष्ठको स्रिघ स्बास्थ्य लाभको कामना पनि गरीको तर उनको जाने समय आइसकेको रहेछ। त्यसैले त २०७० फागुन १ गते लक्ष्मणबाबु श्रेष्ठको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको खबर पाएँ।

व्यावसायिक वृत्तमा एकजना इमानदार , कसैलाई
पनि नचिढ्याउने र आफ्नो व्यवसायमा समुदायलाई पनि जोडेर जान सक्षम व्यवसायीका रुपमा सम्मानित लक्ष्मणबाबु श्रेष्ठले यो संसार छोडेर जानु भो! अनि फेसबुकमा ‘अपडेट’ गरेँ- ‘स्याड न्युज। लक्ष्मणबाबु श्रेष्ठ इज नो मोर।’

Posted on by Prabin | Leave a comment

एमाले : हाम्रो त बैशाख हुने महाअधिबेसनको तयारी गर्नु छ, संबिधान लेख्न भ्याउदैनौ।

नेपाली काङ्ग्रेस: अब काङ्ग्रेसको नेतृत्बमा सरकार बनी गो अब गृह मन्त्रि पनि दिनु सहमति गरम न ल!

ए.माओबादि : छिट्टै छानमिन समिति बनाएर चुनाबको निस्पक्ष छानमीन हुनुपर्छ। संबिधान भन्या लेख्दै गरौला!

राप्रपा नेपाल : हामो पार्टि त प्रतिपक्षमा बस्ने हो संबिधान लेख्न तिर टाउको दुखाउनु छैन्‌, अब सरकारको दिनगन्ति सुरु भो।

बैद्य माओबादि: सरकारले भनोनीत गर्ने २६ जना सभासदमा हाम्लाई पार नत्र याद गर! बम अझे बाँकि छ।

यि दलले संबिधान एक वर्ष भित्रै देलान भन्ने कुरा पत्याउन गार्है भो बा!

Posted on by Prabin | Leave a comment

अब एउटा पार्टीको युवा संगठनमा छिर्नु पर्यो, जिन्दाबाद र मुर्दाबादको नारा मात्र कहाँ होर नेपाल बन्द र चक्काजाम गर्न गर्न पनि सिक्नु पर्यो । अझ ठुला ठुला नेतासगँ भेटेर सिपमुलक तालिम नै लिनुपर्यो, चन्दा कसरी उठाउने, भ्रस्टाचार कसरी गर्ने अनी यस्तै यस्तै । अनि बिस्तार बिस्तार नाइके बनिन्छ, अनी फेरी युवा नेता बनेर भाषण दिन गईन्छ। आफु सहित छोरा नाति सम्मलाई पुगीगोनी यत्ति गरे पछि, औंला उठाउने कस्को हिम्मत?

आकाश तिर फर्केर थुइक्क मेरो दिमाग!

Posted on by Prabin | Leave a comment

रातो पासपोर्ट बेचेर गायत्री शाहहरुले पैसा नकमाउन,
सभासद्‌ डीबी कार्कीहरुले फेरी फेरी घुस नखाउन ।

करिमाहरुले प्रजिअ माथि कार्यालयमै थप्पड नहानुन्,
किरणदेवीहरुले आफ्नो परीक्षा छोरीलाई दिन नलाउन्‌।

सभासद इन्द्रमतीहरुले फेरी विद्युत चै नचोरुन,
खड्क विकहरु चोरीको गाडी सहित पक्राउ नपरुन ।

कमलाहरुले सभासद् पूर्णब. हरुलाई चप्पलले नहिर्काउन्,
विश्वेन्द्र पासवानले चौथो तलाबाट कुर्सी नफ्याँलुन्‌।

सभासद् अच्युतराज पाण्डेहरुलाई जुवाको खालमा अनी कृष्णप्रसाद यादवहरु लाई यौनकर्मी भा’ ठाउमा जाने मति नलागोस।

सभाषदको गैरजिम्मेवारी चरित्र आजैबाट जाओस ,
दोस्रो संबिधान सभाबाट राष्ट्रले संबिधान पाओस।

Posted on by Prabin | Leave a comment

सर्व शान्ति उच्च मावि कुरिनटारको ४४ औं बार्षिक उत्सब तथा अभिभाबक दिवस एक कार्यक्रमका बिच शुक्रवार सम्पन्न भएको छ ।

बिसं २०२७ सालमा स्थापीत बिद्यालयको बार्षिक उत्सब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरी थापाको सभापतित्वमा सम्पन्न भएको हो । उत्सबको अबसरमा बोल्दै नेपाल शिक्षक युनीयका चितबनका जिल्ला अध्क्षय हरी प्रसाद आर्चायले बार्षिक उत्सबको प्रशंशा तथा चितवनका अन्य बिद्यालयको चर्चा गर्दै गुणस्तरीय शिक्षा लागू गर्न थप पहल गर्नु पर्नेमा जोड दिनु भयो। चितबन क्षेत्र नं ३ का सभाषद कृष्ण भक्त पोखरेलले अब देशका सबै राजनैतिक शक्ति एक जुट भई राष्ट्र निमार्ण तर्फ लाग्नु पर्ने बताउदै, आफुले बिद्यालयलाई सक्दो सहयोग गर्ने बचन बद्धता जाहेर गर्नु भयको छ ।

बिद्यालयका प्रधानाध्यापक एकराज शर्माले बिद्यालयको प्रगति बिबरण तथा लेखापाल शिक्षक कृष्ण प्रसाद पोखरेलले आय ब्यय बिबरण प्रस्तुत गर्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमकै अबसरमा बिद्यालयलाई सहयोग गर्ने शिक्षा प्रेमी, समासेबि, अबिभाबक लगायत उत्कृष्ठ शिक्षक- बिद्यार्थीलाई सम्मान गरीएको थियो।

-प्रबिन कंडेल
कुरिनटार, चितवनशिक्षकहरु

Posted on by Prabin | Leave a comment

जब जब बडा दशै बिदा हुदै गर्दा दीपवालीको आगमन हुन्छ, तब तब मेरो मानस पटलमा एउटा अतितको याद सताउने गर्छ –
कुरा आज भन्दा लगभग ४ वर्ष अघिको हो हामी सर्ब शान्ति कलेजका म लगायत झन्डै साट्ठि जना साथीहरू घुम्न जाने योजना बनायौ । दशै सकिएर तिहार आउन लाग्दै थियो । असोज सकिएर कार्तिक भर्खर लागदै थियो, मलाई थाहा छ ठ्याक्कै कार्तिकको दश गते । यात्रको दोस्रो दिन बिहानै हामी . . . जना साथीहरू बिर्तामोड बाट पशुपति नगर तिर लग्यौ । पशुपतिबाट नाका पार गर्दै हामी मिरिक तिर हानियौ। मिरिक पुग्दा बिहानको १०:३० बजेखको थियो । मिरिकमा केहिबेर घुमिफर गर्यौ खास गरी झिल तिर घुमियो । मलाई राम्रो संग थाहा छ, त्यो झिलको पारी पट्टि ठूलो ठूलो रुखहरू तेही रूख हरूको फेद बाट गोरेटो बाटो । त्यहाँ बाट हामी पुन: पशुपित नगर तिर लाग्यौँ । बाटोमा हरियाली चियाहरू उकाली, ओराली अनि घुम्ति र धेरै मोड हरू पनि । उकालो, ओरालोको यात्रा हरू पार गरदै हामी लगभग दिउसोको २:३० बजे तिर दार्जलिङ पुग्यौ । हावाको चिसो चिसो सि हामीलाई स्वागत गरि रहेको थियो । निक्कै जाडो बढिसकेको रहेछ त्यहाँ । केहिबेरको घुमफिर पछि हामी घर तिर फर्कने मनसाय बनायौ । पशुपित नगर बाट मानीस हरू घोडचढी गर्दै (घोडा कुदाउदै) तेही घोरेटो बाट तल माथि गर्थे । कति रमाईलो ठाउँ हामी पनि रमाईलो गर्दै घुम्यौ । जिन्दगीको पिहलो पलट म पनि घोडा चढे त्यहाँ । साचचै भन्नु पर्दा फोटो खिच्न कै लागी भए पनि घोडा चढियो । धेरै रमाईलो भयो । बस पशुपतिनगर बाट आफ्नै गतिमा गुडन थालयो म भने बाहिरको दृष्य हरू नियाली रहेको थए, बारीको डील अनि काल्ला हरूमा रातो, पहेलो सयपत्रि फूल हरूले तिहारको आभाष छरिरहेको थियो, लाग्थ्यो हरूले कोही चेलीको हात बाट माईतीको गलामा सजीन हतार गरि रहेछ । म फेसबुकमा थिय तेतिनै बेला मेरो मेसेजको आयो मेरो सोचाई हरू भंग भए । मेसेज
पछाडी बाट साथी हरूले रहेछ लेखेको रहेछ . . . . मेसेज हेरेर मुसुकक मुसकुराए म । अब भने गीत सुनदै जानु पर्यो भनने बिचारले
ब्याग बाट हेनसिफरी निकालदै थिए तेतिनै खेर . . .
हरियाली चियाका बोट हरू डाडा काडा चिसो हावा लिंगे पिंगमा बचचाहरू झुममी रहेको कति रमाइलो लोभ्याउने । तेसैले त मानीस हरू पिकनिक खान कन्याम नै पुगने गर्छन । यसरी गोधुली साँझ संग लुकामारी गर्दै यात्रा गरने क्रममा हामी . . . ., आइपुग्यौ । हुदै हाम्रो गनतबय नजीक आई पुग्दै थियौ । एती लामो यात्रा पनि आ मलाई कति छोटो झै लागी रहेको थियो । मनका भावना हरू अनि मिठा मिठा कुरा सुन बुट्टाबारी चिया बगान लाई पछि पारदै बस बिर्तामोडमा रोकोयो । केहिबेर पछि बस आफ्नै रफतारमा । केहि छिनको भलाकुसारी आफ्नो घर तिर लाग्यौ । हाम्रो एक छिनको भेट अनि चिनजान सायद उसलेत अब मलाई चिन्दैन पनि होला समय पनि धेरै परिवर्तन शिल छ । तर मईले अझै समम पनि . . . ना हरू भुलन सकेको छुईन । मेरो मनस पाटल मा त्यो दिनको यात्रा अ बनेर आई दिन्छ मेरो मन को मझेरीमा दशै तिहारको याद हरू संगै कहिले नमेटिने छाप बनेर….। 🙂

Posted on by Prabin | Leave a comment